कोशीमा सत्ता गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार कोइराला निर्वाचित काठमाडौं, ११ माघ। कोशीमा गठबन्धनको उम्मेदवार हराउँदै एमालेकी रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले माओवादी केन्द्रकी उम्मेदवार चम्पादेवी कार्कीलाई करिब १०० मतभारले पराजित गरेकी हुन्। एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्