क्यानडा पठाइदिन्छु भनी ठगेको आरोपमा २ विदेशीसहित ६ जना पक्राउ काठमाडौं,११माघ।क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २विदेशी सहित ६ जना पक्राउ परेका छन्। कास्कीको पोखरा महानगरपालिका वडा नं.१० बुद्धचोकस्थित होटल टास्कमा अन्तर्वार्ता लिन भनी विभिन्न व्यक्तिहरुलाई बोलाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले मंगलबार दुई विदेशी र ४नेपाली नागरिकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिकाकी ६५वर्षीया पार्वती सुनार,३७वर्षीया रीता सुनार,स्याङ्जाकी ३२वर्षीया सीमा सुनार र काठमाडौंका ३८वर्षीय प्रदीप उपाध्याय रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्