आज राष्ट्रिय सभा निर्वाचन, नतिजा पनि आजै आउने काठमाडौं, ११ माघ। राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ। मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ। मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्