संविधानको पालना सबैको दायित्व होः प्रधानमन्त्री काठमाडौं, ११ माघ।प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले संविधानको पालना र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अंगका र सरोकारवाला सबैको दायित्व भएको बताएका छन्।बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाशीश समाजका पदाधिकारीहरुसँगको छलफलमा उनले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाएकाले आगामी दिनमा पनि राज्यका विभिन्न निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनु पर्ने औल्याए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्