एनआरएनए निर्वाचन विवाद छानबिन गर्न सरकारद्वारा समिति गठन काठमाडौं, १० माघ सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)को निर्वाचन विवादको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन विवादका बारेमा छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सह–महान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन्।समितिलाई १५दिनभित्र प्रतिवेदन पेस गर्न निर्देश गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्