टेकु अस्पताललाई मेडिकल शिक्षा दिने तयारी गर्न स्वास्थ्य मन्त्रीको निर्देशन काठमाडौं, १० माघ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई मेडिकल शिक्षा पढाउने तयारी गर्न निर्देशन दिएका छन्।आउँदो शैक्षिक सत्रदेखि नै पढाइ सुरु गर्ने तयारी गर्न निर्देशन दिँदै उनले यसमा मन्त्रालयबाट पूर्ण सहयोग हुने वचन दिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ९०औं वार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो निर्देशन दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्