फुटपाथ व्यवसायीहरुले घेराउ गरे काठमाडौं महानगरको कार्यालय फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन्। रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू ¥यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन्।‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्