ललितपुरमा नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ काठमाडौं, १० माघ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव,लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २लाख ५०हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जानकारी दिएको छ। उनीहरूमाथि आयोगले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्