माघ २२ गते संसद्को हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस काठमाडौं, ९ माघ।सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।“माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्। यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्