सटर बन्द गरेर न्यूरोडका व्यवसायी आन्दोलित काठमाडौं, ९ माघ।काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन्। उनीहरुले सटर बन्द गरेर निर्णय सच्याउन आग्रह गरेका छन्।काठमाडौं महानगरपालिकाले मंगलबारदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो।महानगरले धर्मपथ,जुद्ध शालिकदेखि इन्द्रचोक,खिचापोखरी,महाबौद्ध,वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ।यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने महानगरपालिकाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्