चीनमा ७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प काठमाडौं, ९ माघ। छिमेकी उत्तरी मुलुक चीनमा शक्तिशाली भूकम्प गएको छ। गएराति २ बजेर ९ मिनेटमा उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको अक्सु प्रान्तको उशी काउन्टी आसपास भएर ७ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पपछि ४० भन्दा बढी परकम्प गएका छन्। भूकम्पबाट केही मानिस घाइते हुनुका साथै कम्तिमा ४७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्