एमालेका माग नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रधानमन्त्रीको प्रतिबद्धता काठमाडौं, ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन्।मंगलबार बिहान नेकपा एमालेको प्रतिनिधिमण्डलको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्रीले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्