काठमाडौंको न्यूरोड क्षेत्रका सडकमा आजदेखि पार्किङ गर्न नपाइने काठमाडौं, ९ माघ। मंगलबारदेखि काठमाडौंको नयाँ सडक (न्यूरोड) क्षेत्रका खुला सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ। काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको हो। यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध हुने महानगरपालिकाले जनाएको छ। काठमाडौं टावरमा ३०० वटा चारपाङ्ग्रे सवारी साधन र ७०० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्