कटन क्यान्डीमा अखाद्य रंग भेटियो, बिक्री वितरणमा रोक काठमाडौं, ८माघ।खाद्य प्रविवधि तथा गुण नियन्त्रण विभागले खुलारूपमा बेचिने कटन क्याण्डीमा अखाद्य रंगको प्रयोग हुने भन्दै बिक्री वतरणमा रोक लगाएको छ।परीक्षण गर्दा क्यान्डीमा ‘रोडामाइन बी’नामक हानिकारक रंग प्रयोग भएको पाइएपछि विक्रीवितरणमा रोक लगाइएको हो।यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने भन्दै विक्रीवितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत बताएको छ।साथै उपभोक्ताहरुलाई पनि यस्तो क्याण्डी उपभोग नगर्न आग्रह गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्