आयोजनाको लागत र म्याद थप्दा नियतमै प्रश्न उठ्छः प्रधानमन्त्री काठमाडौं, ८ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनामा पटकपटक म्याद र लागत थप्दा प्रशासनिक नियत र सामर्थ्यमा नै प्रश्न उठ्ने बताएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले समय लम्बिँदै जाने र आयोजनाको लागत बढ्दै जाने प्रवृत्ति रोक्न गम्भीर हुनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्