राष्ट्रिय सभा निर्वाचनका लागि आज रातिदेखि मौन अवधि हुँदै काठमाडौं, ८ माघ। राष्ट्रिय सभा निर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको जानकारी दिएको हो। यो अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहनेछ। राष्ट्रिय सभा सदस्य चयनका लागि यही माघ ११ गते मतदान हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्