मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु काठमाडौं, ८ माघ। पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा–१ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पा जानकारी दिएको छ। मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षणका लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्