दुई संसदीय समितिको बैठक बस्दै काठमाडौं, ८ माघ।आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११बजे बस्न लागेको हो।यसमा मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति, गुनासा र समाधानका विषयमा छलफल हुनेछ। त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन,२०४९अन्तर्गत बनेका प्रत्यायोजित विधायनबारे प्रारम्भिक अध्ययन प्रतिवेदन सम्बन्धी छलफल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्