माइतीघरमा झण्डै १ दर्जन प्रदर्शनकारी पक्राउ काठमाडौं, ७ माघ।काठमाडौंको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार विरोध प्रदर्शनको गरेको छ। संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो।उनीहरूले‘माइतीघरको निषेधाज्ञा खारेज गर!,अभिव्यक्ति स्वतन्त्रता कायम गर’जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए।प्रदर्शनको क्रममा करिब एक दर्जन प्रदर्शनकारी पक्राउ पनि परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्