सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? काठमाडौं, ७ माघ। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्