दाङमा रड प्रहार गरी श्रीमतीको हत्या काठमाडौं, ७ माघ। दाङमा रड प्रहारबाट महिलाको हत्या भएको छ। तुलसीपुर उपमहागनरपालिका–४, तल्लो हलवारका ४३वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका हुन्।इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मदिरा खाएर चौधरीले श्रीमतीलाई रडले हान्दा उनको शनिबार घटनास्थलमै मृत्यु भएको हो। पेण्डुवा धेरै मदिरा खाने भएकाले घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्