ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति डग्मगाउँदैन: प्रधानमन्त्री काठमाडौं, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन्। आइतवार बिहान तीन दिने युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ताइवानको बारेमा नेपालको सुरुदेखिकै नीति चीनकै अंग हो भन्ने रहेको बताए। ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने दाबी प्रधानमन्त्रीको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्