नेपाल फर्किए प्रधानमन्त्री काठमाडौं, ७ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन्। माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्