प्रधानमन्त्रीले गरे युगाण्डामा रहेका नेपालीसँग अन्तरक्रिया काठमाडौं, ५ माघ। असंलग्न राष्ट्रहरूको आन्दोलनको उन्नाइसौँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पाला रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यहाँ रहेका नेपालीसँग भेट गरेका छन्।भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको उल्लेख गर्दै यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको बताए।गैरआवासीय नेपाली सङ्घ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्रीलगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्