बागमती प्रदेशका आशुतोष घिरैयाको शतक काठमाडौं, ५ माघ।प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा वागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन्। शतक हान्ने क्रममा आशुतोषले ९९बलमा १३चौका र २छक्का प्रहार गरे।उनलाई साथ दिएका रित गौतम ४९रनमा आउट भए।प्रतियोगितामा यो पाँचौ शतक हो।यसअघि पुलिसका रासिद खान, एपीएफका सन्दीप जोरा, आर्मीका बिनोद भण्डारी र कोशी प्रदेशका सुजन थपलियाले शतक हानेका थिए।कोशी सुरुवाती चारै खेलमा पराजित छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्