धितोपत्र बोर्डको अध्यक्ष छान्न सिफारिस समिति गठन काठमाडौं, ५ माघ। सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।समितिका सदस्यहरुमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला छन्।धितोपत्र बोर्डको ऐन अनुसार अध्यक्ष चयनका लागि मन्त्रिपरिषद्ले समिति गठन गर्नुपर्ने व्यवस्था छ।सोहीअनुसार समिति गठन भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्