गायक तथा संगीतकार योगेश वैद्यको निधन काठमाडौं, ५ माघ। गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो। उनको निधनमा संगीतकर्मीले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ आदि गीतहरू लोकप्रिय छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्