यू–१९ विश्वकप क्रिकेट आजदेखि, नेपालले पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्ने काठमाडौं, ५ माघ।आईसीसी यू–१९विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ।प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ।सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।नेपाल प्रतियोगिताको समूह‘डी’मा परेको छ।नेपालको समूहमा अफगानिस्तान,न्युजिल्यान्ड र पाकिस्तान पनि परेका छन्।यू–१९ विश्वकपमा नेपालले आफ्नो पहिलो खेल जनवरी २१मा न्युजिल्यान्डसँग खेल्नेछ। दोस्रो खेल जनवरी २४मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २७मा अफगानिस्तानसँग खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्