प्रदेशको नामकरण संघीयताविपरीत भएको उपेन्द्र यादवको आरोप काठमाडौं, ४ माघ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको बताएका छन्।बुधबार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणाको स्मरणमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले मधेसबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा नामकरण गरिएको आरोप लगाए। उनले पहिचानमा आधारित प्रदेश मधेस मात्र रहेको जिकिर गरे। संघीयताविपरीत नामकरण गरिएकाले कोसी प्रदेशको नाम जनताले अस्वीकार गरेको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्