गुल्मीकी मनिषा एकैवर्षमै लोकसेवाको पाँच परीक्षामा उत्तीर्ण काठमाडौं, ४ माघ।गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एक वर्षभित्रमा उत्तीर्ण गरेकी छिन्।धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह,लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह,लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह,बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र संघीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्