प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान, पूर्णबहादुर खड्काले सरकार सम्हाल्ने काठमाडौं, ४ माघ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असंलग्न आन्दोलनको १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गरेका छन्।उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान कतार एअरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।सम्मेलन यही माघ ५ देखि ६गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ।यसैबीच प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्ने छन्।प्रधानमन्त्री प्रचण्ड यही माघ ७गते बिहान काठमाडौं आइपुग्ने कार्यक्रम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्