‘दबाबयात्रा’ गर्न रास्वपाले सार्वजनिक गर्यो २७ आयोजनाको प्रारम्भिक सूची काठमाडौं, ४ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्माण सुस्त भइरहेका आयोजना केन्द्रित दबाब यात्रा गर्न २७ आयोजनाको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।दबाब कार्यक्रम प्रारम्भिक सूचीमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकलाई पहिलो नम्बरमा राखिएको छ। यसैगरी धरहरा र मेलम्ची खानेपानी आयोजना लगायत छन्। आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मिति समेत प्रस्ताव गर्न ६सदस्यीय कार्यदल गठन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्