विमानस्थल भन्सारमा ३१ जना सशस्त्रको टोली परिचालित काठमाडौं, ३ माघ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा इन्स्पेक्टरको कमान्डमा ३१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। अर्थ मन्त्रालयको आग्रहमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार चेकजाँचमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेका हुन्। पुस २६ मा उपप्रधानमन्त्री श्रेष्ठले सो निर्णय गरेका हुन्। माघ १ बाट सशस्त्र प्रहरी प्रधान कार्यालयबाट इन्स्पेक्टरको कमान्डमा टिम परिचालन भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्