लगातार दोस्रो वर्ष पनि घट्यो चीनको जनसंख्या एजेन्सी, ३ माघ। चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको छ। सन् २०२३ मा पनि चीनको जनसंख्या घटेको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा यसले जनसांख्यिकीय चुनौतीको संकेत गरेको छ।चीनको राष्ट्रिय तथ्यांक ब्यूरो (एनबीएस)ले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनको जनसंख्या १ अर्ब ४० करोड ९०लाख रहेको छ। अघिल्लो वर्षको तुलनामा चीनको जनसंख्या करिब २० लाख घटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्