राष्ट्रियसभा सदस्य निर्वाचन आचारसंहिता लागु काठमाडौं, ३ माघ। निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता गएराति १२बजेबाट लागु भएको छ। आचारसंहिता माघ १२गतेसम्म लागु हुनेछ।आचारसंहिता सरोकारवाला सबै व्यक्ति,निकाय र अधिकारीलाई लागु हुनेछ। यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष÷विपक्षमा हुने गरी प्रयोग गर्न÷गराउन पाइने छैन।निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न,कुनै किसिमले थपघट गर्न÷गराउन नहुने आयोगले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्