मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल काठमाडौं,३माघ।माघ १गतेदेखि काठमाडौँमा पुनःवितरण सुरु भएको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम सुद्ध भएको खानेपानी मन्त्रालयले जनाएको छ।मन्त्रालयले मंगलबार साँझ अपिल जारी गर्दै मेलम्चीको पानी प्रशोधन गरेर सुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको जनाएको हो।खानेपानी मन्त्रालयले मेलम्चीको पानीको गुणस्तरीयतामा शंका नगर्न उपभोक्तालाई आग्रहसमेत गरेको छ। मेलम्ची आयोजनाबाट दैनिक १७करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्