प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन काठमाडौं, ३ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन निर्देशन दिएका छन्।बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन पनि निर्देशन दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्