प्रधानमन्त्रीको सचिवालयबाट १३ जना कर्मचारी हटाइयो काठमाडौं, २ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन्। माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन्।यसअघि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकारसहित ३४ जना रहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्