रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु काठमाडौं, २ माघ। रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो। रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको जनाइएको छ। मृत्युको खबर घर पाएसँगै परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्