राष्ट्रिय सभा निर्वाचनमा आजदेखि आचारसंहिता लागू हुने काठमाडौं, २ माघ। यही माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्ने उद्देश्यले निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्न लागेको हो। मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिता लागू हुने छ।आचारसंहिता लागू भएपछि भोट माग्न पाइँदैन। कुनै पनि प्रक्रारका अन्तरक्रिया, सम्मेलन, गोष्ठी, उदघाटन वा निर्वाचनसँग सम्बन्धित छलफल गर्न पनि पाइँदैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्