मेस्सीले तेस्रो पटक जिते फिफा बेस्ट अवार्ड काठमाडौं, २ माघ। वर्षको उत्कृष्ट पुरुष खेलाडीले पाउने फिफा बेस्ट अवार्ड अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले हात पारेका छन्। इन्टर मियामीका मेस्सीले सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई पछि पारेका हुन्। पेरिस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पे उत्कृष्ट खेलाडीको दौडमा तेस्रो भए।३६ वर्षीय मेस्सीले जुनमा अमेरिकी मेजर लिग सकर एमएलएस क्लब इन्टर मियामीमा सर्नुअघि सन् २०२३ को सुरुवात पीएसजीबाट गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्