विपीन जोशीको रिहाइका लागि प्रयासरत छौँः परराष्ट्रमन्त्री साउद काठमाडौं, २७ पुस।परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा विद्रोही समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपीन जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विपीन चाँडै फर्कने बताए।“विपीनको रिहाइका लागि पटक–पटक हामीले इजरायल सरकारसँग पनि आग्रह गरेका छौँ”,उनले भने,“मैले कतारका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्