बिजुली काटिएका उद्योगहरुमा लाइन जडान गर्ने प्राधिकरणको निर्णय काठमाडौं,२७पुस।लामो बहसपछि अन्ततःनेपाल विद्युत प्राधिकरणले उद्योगहरुको लाइन जडान गर्ने निर्णय गरेको छ।प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बिहान बसेको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको लाइन जडान गर्ने निर्णय गरेको हो। सञ्चालक समितिको निर्णय अनुसार प्राधिकरणको व्यवस्थापनले लाइन जडानको तयारी गरेको छ। यसअघि मन्त्रीपरिषद बैठकले लाइन काटिएका उद्योगहरुमा बिजुली जोडिदिन प्राधिकरणलाई निर्देशन दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्