माघ ११ गते मधेश प्रदेश बन्द गर्ने आजपाको निर्णय काठमाडौं, २७ पुस।प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले माघ ११गते मधेश प्रदेश बन्द गर्ने निर्णय गरेको छ।रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार बसेको आजपाको मधेश प्रदेशको पदाधिकारिको बैठकले बैंकहरुको मनोमानी ब्याज फिर्ताको माग गर्दै माघ ११गते मधेस बन्द गर्ने निर्णय गरेको हो।बैंकहरुले लिनेगरेको बढी ब्याज फिर्ता र लघुवित्त सहकारीको ऋण मिनाहा गर्नुपर्ने माग राखेर आमजनता पार्टीले बिभिन्न कार्यक्रम गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्