राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्। राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन्।सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्