तरलता व्यवस्थापनको लागि बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक काठमाडौं, २६ पुस।तरलता व्यवस्थापनको लागि नेपाल राष्ट्र बैंकले बजारबाट आज पनि २०अर्ब रूपैयाँ निक्षेप संकलन गर्दैछ।अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले २०अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो।इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।माघ ४गते यसको सावाँ र ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ।यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्