राष्ट्रियसभा निर्वाचनः आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै काठमाडौं, २६ पुुस। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारहरूको आज नामावली प्रकाशन हुँदैछ। मंगलबार र बुधबार उम्मेदवारमाथि उजुरी र छानबिन गरेको निर्वाचन आयोगले आज नामावली प्रकाशन गर्न लागेको हो।आगामी फागुन २०गते रिक्त हुने राष्ट्रियसभाका २०सिटमध्ये १९सिटमा माघ ११गते निर्वाचन हुँदैछ। एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछन्।राष्ट्रियसभा निर्वाचनमा १९सिटका लागि ५२जनाले उमेदवारी मनोनयन दर्ता गराएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्