सन्दीपले क्यानलाई पठाए राष्ट्रिय टिमबाट अलग हुने पत्र काठमाडौं, २६ पुस। जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरी ८ वर्ष कैद सजाय तोकिएका सन्दीप लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र पठाएका छन्। उनले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई पत्र पठाउँदै आफू राष्ट्रिय टिमबाट अलग हुने जानकारी गराएका छन्। यस विषयमा निर्णय गर्न क्यानले अनौपचारिक छलफल गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्