सन्दीप लामिछानेलाई ८ वर्ष कैद, पीडितलाई क्षतिपूर्तिसहित ५ लाख दिनुपर्ने काठमाडौं, २५ पुस। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई आठवर्ष कैद सजाय सुनाएको छ। बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले तीन लाख जरिवाना र दुईलाख क्षतिपूर्तिसहित पीडितलाई पाँच लाख दिन आदेश दिएको हो। गौशाला २६ लाई बलात्कार गरेको आरोप लागेका उनलाई दोषी ठहर गर्दै सजाय र जरिवाना निर्धारण गरेको हो।यसअघि पुस १३ गते अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्