गण्डकीलाई हराउँदै एपीएफ राष्ट्रिय भलिबलको फाइनलमा काठमाडौं, २५ पुस। गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।समुह ए को विजेताको रुपमा सेमिफाइनल आएको एपीएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको हो।विरेन्द्रनगरको खुल्ला मञ्चमा भएको खेलमा एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको हो।दोस्रो सेमिफाइनल खेलमा समुह बीको विजेता आर्मी र समुह एको उपविजेता पुलिसबीच खेल हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्